टिचरले अँलर्न गर्नु पर्ने ६ वटा बिलिफहरु:

टिचरहरुले अँलर्न गर्नु पर्ने कुरो १: बिद्यार्थीको ध्यान

बिद्यार्थीहरुले टिचरलाई स्वतः ध्यान दिनै पर्छ भन्ने कतै लेखेको छैन। यस कुरोलाई एक्कै छिन आँखा चिम्लेर मनन गरम। कक्षाकोठामा तपाईं छिर्ना साथ् सबै बिद्यार्थीहरु उठेर तपाईंलाई गुड मर्निङ्ग सर (म्याम) त भन्लान, तर सबै जनाले तपाईं प्रति (वा तपाईंले पढाई रहनु भएको विषय प्रति) सम्पूर्ण ध्यान दिनु पर्छ भन्ने छैन।

ध्यानलाई डिमाण्ड गर्न सकिन्न। यसलाई ध्रुब सत्य माने हुन्छ। यसको अर्थ, बिद्यार्थीहरुको ध्यान तान्ने (र संलग्न राख्ने) सम्पूर्ण जिम्मा टिचरले लिनु पर्छ। यो काम चुनौतीपूर्ण छ, र त्यसैले अर्थपूर्ण पनि।

टिचरहरुले अँलर्न गर्नु पर्ने कुरो २: ध्यान तान्नको लागि मोटीभेसन

एउटा गहिरो प्रश्न। ध्यान तान्न र कायम राख्न बिद्यार्थीहरुलाई कसरी मोटीभेट गर्ने त? एउटा तरीका भनेको: स्थिति परिवर्तन गरेर।

धेरै जस्तो कक्षामा टिचरले यसरी पढाउनु हुन्छ: भन्ने — भन्ने — भन्ने।
कहिलेकाँही आक्कल झुक्कल, भन्ने — भन्ने — भन्ने — बुझ्योऊ होइन? — भन्ने — भन्ने।
एउटा साआआआनो चेन्ज गरम न: भन्ने — प्रश्न सोध्ने — भन्ने — भन्ने — प्रश्न सोध्ने।
अनि यसो पनि गरम न: प्रश्न सोध्ने — भन्ने — भन्ने — प्रश्न सोध्ने।
यसो पनि: प्रश्न सोध्ने — भन्ने — गर्न लगाउने — भन्ने — लेख्न लगाउने।
वा यसो पनि: प्रश्न सोध्ने — गर्न लगाउने — सोच्न लगाउने — भन्ने — गर्न लगाउने — सोच्न लगाउने — भन्ने।

सरल रुपमा भन्दा: पढाई र सिकाईका स्थितिलाई बेला बेलामा परिवर्तन गर्ने।

टिचरहरुले अँलर्न गर्नु पर्ने कुरो ३: कार्यभारको जिम्मा

अर्को तरीका भनेको: कार्यको भार पनि परिवर्तन गरेर

धेरै जस्तो कक्षामा टिचरले यसरी पढाउनु हुन्छ:
म भन्छु — तिमी सुन
वा, म भन्छु — तिमी लेख

कहिलेकाँही आक्कल झुक्कल, म भन्छु — तिमी लेख — म भन्छु — तिमी गर

यसरी हेर्दा, एक जनाले भन्ने, र बाँकी सबै जनाले सुन्ने (लेख्ने, गर्ने), अर्थात वान-टु-मेनी प्रक्रिया मात्र हुदैं छ।

सानो चेन्ज गरम।

म भन्छु — एक्ला एक्लै सोच — अब जोडी बनाएर सोच/सेर गर — अनि पालै पिलो सबैले भन
म भन्छु — एक्ला एक्लै सोच — अब जोडी बनाएर सोच/सेर गर — अब अर्को जोडी बनाएर सोच/सेर
गर — अब सानो समूहमा सेर गर — अब पालै पिलो सबैले भन

यसरी एक्लै — जोडीमा — समूहमा कार्य गर्दै ध्यान कायम राख्न सकिन्छ।

टिचरहरुले अँलर्न गर्नु पर्ने कुरो ४: मोटीभेसनलाई के ले मार्छ ?

सिक्ने सिकाउने सन्दर्भमा वा प्रक्रियामा के कुराले मोटीभेसनलाई मार्छ?

एकल लयले — एकल तानले — एकल रटानले।

बिद्यार्थीको ध्यान संधै केहि न केहिमा त हुन्छ नै। कक्षामा न होला, विषय वस्तुमा न होला। बाहिर आकाशमा उडी रहेको चरा होला। मन त हो, चरा जस्तै उडेर कता पुग्छ कता। कक्षामा चलिरहेको एकल लय एकल तान र एकल रटानले ध्यानलाई चरा जस्तै उडाई हाल्दो रहेछ। अनि मोटीभेसन तुरुन्तै रित्तिन्छ। बिद्यार्थीले चाहोस् वा न चाहोस्।

यसो गरम न त। एकल लय लाई बन्द गरम। कति तपाईं मात्र बोल्नु हुन्छ? बिद्यार्थीलाई पनि बोल्न लगाउनुस। कति लेख्ने मात्र काम दिनु हुन्छ? चित्र बनाउने काम दिनुस। संधै एउटै मात्र बेन्चमा होइन, ठाउँ परिवर्तन गरिदिनुस। किताबबाट मात्र होइन, भिडियो देखाएर पढाउनुस।

अर्थात्, सोच्नुहोस — कसरी लय, तान, र रटानलाई चाख लाग्दो बनाउने, कसरी सानो सानो चेन्ज थपिरहेने, कसरी विषय वस्तुलाई ताजा राख्दै मोटीभेसनलाई मर्न नदिने।

टिचरहरुले अँलर्न गर्नु पर्ने कुरो ५: टिचरको काम टिच मात्र गर्ने होइन

हो, टिचरको मूख्य काम टिच गर्ने हो तर जब सम्म बिद्यार्थीहरुको ध्यान तान्न सकिन्न र उनीहरुको मोटीभेसनको ट्यांकीमा अक्सिजनको सप्लाई गरिरहन सकिन्न — टिच गर्न सकिन्न। सिकाइको पहिलो ढोका अटेन्सन् हो भनिन्छ — त्यसैले टिचरको पहिलो काम “ध्यान व्यवस्थापन” हो। ध्यान तान्नु र छँदैछ, त्यसलाई कायम पनि राख्नु पर्छ, त्यसैले टिचरको अर्को काम भनेको अर्थपूर्ण तरिकाले “संलग्नताको डिजाइन” गर्नु हो। कतिले त टिचरको काम मनोरञ्जन गराउनु पनि हो भन्छन, कथाले मागेमा तपाईं प्रयास गर्न सक्नु हुन्छ कहिले काँही।

अनि मात्र टिचरको काम टिच गर्नु हो। जस अंतर्गर थुप्रै साना-ठूला जटिल ज्ञान, सीप, र कला पर्दछन। योजना देखि बिषय बस्तुको प्रदान सम्म, प्रश्न देखि खोज सम्म, फिडब्याक देखि अन्तिम जांच सम्म।

टिचरहरुले अँलर्न गर्नु पर्ने कुरो ६: प्रोगेशिभ र ट्रयाडिसनल भन्नुमा केहि फरक छैन

अचम्म लाग्ला। तर हो, केहि सतही विवरण बाहेक निचोडमा केहि फरक छैन। फिलोसफिकल भएर सोचे जस्तो गर्दा सतही भिन्नता पनि धेरै गहिरो लाग्ला तर के तेस्तो सोचाई “उपयोगी” छ तपाईंको बिद्यार्थीहरुको लागि?

कुनै पनि ज्ञान र सीप सिक्न सिकारु बिद्यार्थीले कसरी सिक्दो रहेछ र अलि जान्ने भैसकेकोले कसरी सिक्दो रहेछ — यसको पहिचान गर्न सक्नु नै एउटा कुशल टिचरको बिशेषता हो। कुनै पनि ज्ञान र सीपको अन्तर्भागमा के छ र परिधिमा के छ? कुन कुरा आधारभूत हो, र कुन कुरा अतिरिक्त हो भनि एउटा कुशल टिचरले बुझेको हुन्छ।

आधारभूत ज्ञान र सीप सिक्नको लागि सिकारु बिद्यार्थी भए टिचर को धेरै “टिचिंग” चाहिन्छ भने अलि जान्ने भैसकेको बिद्यार्थीहरुलाई टिचरको हल्का मार्गदर्शन र सहयोग मात्र भए पुग्न सक्छ। भने नि, फिलोसफिले होइन, सिकाई कसरी हुँदो रहेछ भन्ने ज्ञान टिचरले जान्नु र प्रयोग गर्नु “उपयोगी” हुन्छ।

टिचरको काम भनेको:
सिकारु बिद्यार्थीको दिमागमा पहिले नै कुन ज्ञान र सीप भरिएको छ भनि जांच गर्नु हो
सिकारु बिद्यार्थीको दिमागमा नयाँ ज्ञान र सीप भर्नु हो
त्यस बिद्यार्थीलाई सो नयाँ ज्ञान र सीपलाई सम्झन र बुझ्न सहयोग गर्नु हो
अनि नियालेर हेर्न, प्रयोग गर्न, प्रश्न गर्न, र परिवर्तन गर्न लगाउनु हो
बनाउन, बिगार्न, र फेरी बनाउन लगाउनु हो
र बिद्यार्थीले आँफै आफ्नो सिकाईको बारेमा मुल्यांकन गर्न सक्ने क्षमता दिनु हो।

लौ त।
कति टिचरहरु लाई यी कुराहरु चित्त बुझ्यो होला, कति लाई बुझेन होला। किन चित्त बुझ्यो, किन बुझेन — यस्सो कमेन्ट गर्नु होला, कुराकानी गर्दै गर्नु पर्छ है त।

--

--

Teacher. Teacher Developer. Right-brain@Unlearn Academy

Love podcasts or audiobooks? Learn on the go with our new app.

Get the Medium app

A button that says 'Download on the App Store', and if clicked it will lead you to the iOS App store
A button that says 'Get it on, Google Play', and if clicked it will lead you to the Google Play store
Umes Shrestha

Umes Shrestha

Teacher. Teacher Developer. Right-brain@Unlearn Academy